Loading...
Logo
Image

राजाको फोटो भएको नोट चलनचल्तीबाट हट्ने भयो

अब राजाको तस्वीर भएको नोट चलन चल्तीबाट हटाउने तयारी गरिएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो ।

तत्कालै यी नोटहरू प्रतिबन्धित भने हुने छैनन् । सर्वसाधारणले बैङ्कमा बुझाएकाहरू बैङ्कमार्फत राष्ट्र बैङ्कमा खिचेर त्यसलाई पुन: बजारमा नपठाउने राष्ट्र बैङ्कको तयारी छ । राष्ट्र बैङ्कले सर्वसाधारणबाट आएको राजाको तस्वीरसहितको नोट पुन: सर्वसाधारणमा प्रवाह नगर्न भनेको हो ।

सफा नोट नीति कार्यान्यन गराउन भदै राष्ट्र बैङ्कले यो निर्देशन जारी गरेको हो । निर्देशनअनुसार अब बैंकले नोटहरूलाई तीन भागमा वर्गीकरण गर्नुपर्नेछ ।

बैङ्क तथा वित्तीय संस्थाहरूले अब एटीएम लगायतका मेसिनहरुबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमापठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन किसिमले वर्गीकरण गर्नु पर्नेछ ।

राष्ट्र बैंकले वर्गीकरण गरी एटीएम मेसिन लगायतमा पठाउन सकिनेलाई हरियो रङको स्लीप, काउन्टरबाट भुक्तानी गर्न सकिने नोटको प्याकेटमा सेतो र चलनचल्तीका लागि अयोग्य हुने नोटको प्याकेटमा रातो रङ्गको स्लीप लगाउनु पर्ने बताएको छ ।

नोटको प्याकेटमा अब बैंकको नाम, बैंकको कर्मचारीको नाम र परिचय पत्र, हस्ताक्षर र मिति सम्बन्धी विवरण अनिवार्य हुनु पर्ने राष्ट्र बैंकले भनेको छ ।

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई विग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रङ्ग लागेको, च्यातिएको वा पूर्व राजाको तस्वीर अंकित भएको नोटलाई निश्काशन अयोग्य नोटको रुपमा वर्गीकरण गर्न राष्ट्र बैंकले भनेको छ ।

स्रोत: Online Khabar

Comments