- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल कम्पनीहरु बन्द गर्ने धम्की दिएका छन् । ट्विटरले उनको ट्वीटमा फ्याक्ट चेक चिन्ह राखेपछि आक्रोसित बनेका ट्रम्पले सामाजिक सञ्जाल बन्द गर्ने धम्की दिएका हुन् ।
उनले सामाजिक सञ्जाल नै बन्द गर्ने चेतावनी दिँदै ट्विटरले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।
ट्रम्पले आफ्नो ट्विटमा राखेको तथ्य–जाँचको चिन्हलाई सीएनएन र द वासिङ्गटन पोस्टसँग तुलना गरेका छन् ।
ट्विटरले आफ्नो ट्विटमा तथ्य–जाँच राखेपछि ट्रम्पले मंगलबार राति चेतावनी दिँदै ट्वीट गरेका हुन् । उनले लेखेका छन्, ‘‘ट्वीटरले वाक स्वतन्त्रता हनन गरेको छ, र राष्ट्रपतिका रुपमा म कुनै पनि हालतमा यस्तो हुन दिन्नँ ।’
बुधबार अर्को ट्विट गरेका छन् । जसमा लेखिएको छ, ‘रिपब्लिकनहरुलाई लागेको छ कि सामाजिक सञ्जालहरुले कन्जभेटिभ आवाजहरुलाई पूर्ण रुपमा बन्द गरेका छन् । हामीले कडा नियमन गर्ने छौँ वा त्यस्ता सामाजिक सञ्जाललाई बन्द गर्ने छौँ ।’
-
-
7 months agoइजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु
-

Comments