Loading...
Logo
Image

इजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु

शुक्रबार बिहान इजरायलले इरानमाथि गरेको आक्रमणमा परी इरानी रिभ्युल्युस्नरी गार्ड कोर (आईआरजीसी) प्रमुख हुसेन सलामीको मृत्यु भएको छ ।

इरानी सरकारले मिडियाले सलामीको मृत्यु भएको पुष्टि गरेको छ । उनी इजरायली आक्रमणमा परी मारिने इजरायली उच्च अधिकारीमध्ये एक हुन् ।

इरानी सरकारी टीभीले इजारायली आक्रमणमा परी इरानका दुई वरिष्ठ आणविक वैज्ञानिक पनि मारिएको बताएको छ । परमाणु ऊर्जा संगठनका पूर्वप्रमुख फिरेदून अब्बासी तथा तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानची मृत्यु भएको जनाइएको छ ।

Comments