- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो । उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसपछि त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको उपचारका क्रममा बुधबार मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
यसैबिच बुधबार थप २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप २ सय १ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय १ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ३ सय पुगेको छ ।

Comments