# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ राष्ट्रिपतिबाट प्रमाणीकरण भएको छ । दुवै सदनबाट पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि बिहीबार विधेयक पेस गरिएको थियो ।
राष्ट्रपति भण्डारीले दुवै सदनबाट पारित भएर आएको विधेयक नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए ।
भारतद्वारा अतिक्रमित भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत समेटिएको नक्सालाई संविधानको अनुसूची-३ मा रहेको निसान छापमा समावेश गर्न संविधान संशोधन गरिएको हो । संविधान संशोधन विधेयक दुवै सदनबाट सर्वसम्मतले पारित भएको थियो ।
Featured News

Comments