- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सामसुङले आफ्नो चार वटा मोडलहरुको स्मार्टफोनको मूल्य घटाएको छ ।
जसअनुसार पहिले रु. ६७,५९९ रहेको सामसुङ ग्यालेक्सी नोट १० लाइनमा रु.८,६०० छुट दिएर रु. ५८,९९९ मा उपलब्ध गराएको छ। ग्यालेक्सी नोट १० लाइट मा ट्रिपल क्यामेरा, 6.7" SAMOLED डिस्प्ले, एयर एक्सन रहेको एस–पेन, सुपर फास्ट चार्जिङ भएको ४,५००mAh ब्याट्री र १ टीबीसम्म एक्स्पान्डेबल सुविधा सहित १२८ जीबी स्टोरेजरहेको छ ।
त्यसैगरि कम्पनीले ग्यालेक्सी ए ७१ र ए ५१ को पनि मूल्य घटाएको छ । अब ए ७१ को मूल्य रु. ४९,९९९ कायम गरिएको छ । यसमा उत्कृष्ट 16.95cm (6.7") Infinity-O sAMOLED+ डिस्प्ले सहित ६४ मेगापिक्सेेलको क्यामेरा रहेको छ ।
ग्यालेक्सी ए५१ को नयाँ मूल्य रु. ३९,९९९ कायम गरिएको छ । ग्यालेक्सी ए५१ मा रहेको 16.40cm (6.5") Infinity-O sAMOLED डिस्प्ले रहेको छ ।
ग्यालेक्सी ट्याव ए१०.१ मा कम्पनीले रु. २,००० क्यासब्याक अफर ल्याएको छ । यस अफरमा यसको मूल्य अब रु. ३२,२९९ कायम भएको छ । यसमा रहेको 25.54cm (10.1") FHD डिस्प्ले र किड्स मोडका कारण यो बालबालिकाहरुको लागि उपयुक्त रहेको छ ।

Comments