- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत साक्षीका रुपमा बसेका थिए ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूबीच छलफल भएको हो । उनीहरूबीचको वार्ता सकारात्मक रहेको वार्तामा सहभागी एक नेताले बताएका छन् ।
ती नेताका अनुसार दुवै अध्यक्षले आ-आफ्ना कुरा खुलेर राखेका थिए । यद्यपि, प्रचण्डले राजीनामा माग्ने र ओलीले दिन्न भने अडान कामय रहेको बताइएको छ ।
वार्ता सकारात्मक रहेपनि निर्णायक मोडमा नपुगेको अर्को चरणमा बस्ने गरी टुंगिएको बताइएको स्रोतको भनाइ छ । 'बैठक सकारात्मक छ,' स्रोतले भन्य 'फेरि भोलिको स्थायी कमिटी बैठकअघि अर्को चरणमा बसेर सबै विषयमा कुराकानी गर्ने सहमति भएको छ ।’
दुवै अध्यक्षबीच बालुवाटारमा करिक ३ घण्टा वार्ता भएको थियो ।

Comments