- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद पदबाट बर्खास्त गर्ने तयारी गरेको छ ।गिरीमाथि कारबाहीका लागि आज समाजवादी पार्टीको बैठक बसिरहेको पार्टीले जनाएको छ ।
नेपालको निशान छाप संशोधन प्रस्ताव खारेजीको प्रस्ताव दर्ता गरेको र संशोधनको पक्षमा मतदान नगरेको भन्दै समाजवादी पार्टीले सांसद गिरीलाई स्पष्टीकरण सोधिसकेको छ ।
पार्टीले मागेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएको भन्दै उनलाई कारबाही गर्ने निर्णय गर्न बैठक बसिरहेको सो पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।
उनका अनुसार आजको बैठकले उनलाई कारबाही गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय लिँदै छ । गत ११ असारमा पार्टीको पत्र बुझेकी सांसद गिरीलाई ७ दिनभित्रमा जवाफ दिन भनिएको थियो ।
गत ३१ जेठमा निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनमा मत नहाली संशोधनविरुद्ध अभिव्यक्ति दिएपछि समाजवादी पार्टीले गिरीसँग स्पष्टीकरण सोधेको हो ।
यसअघि संशोधन प्रस्तावविरुद्ध संशोधन दर्ता गराएपछि पार्टीको संसदीय दलले फिर्ता लिन निर्देशन दिँदै कारबाहीको चेतावनी दिएको थियो ।
समाजवादीको ८ असारमा बसेको पदाधिकारी बैठकले गिरीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

Comments