- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
पुँजी बजारका विषयमा अध्ययन गर्न गठित संघीय संसदको अर्थसमितिले बनाएको उपसमितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा कार्यरत कर्मचारीहरुलाई साधारण सेयर (आईपीओ) भर्न नदिन सिफारिस गरेको छ ।
नेकपाकी सांसद रामकुमारी झााक्री संयोजकत्वको उपसमितिले लामो अध्ययन पछि मंगलबार समितिलाई प्रतिवेदन बुझाएको प्रतिवेदनमा बोर्ड र नेप्सेका कर्मचारीहरुलाई आईपीओ भर्न नदिन सिफारिस गरेको हो ।
उपसमितिले बुझाएको प्रतिवेदनमा यसअघि भरेर परेको आईपीओहरु घोषणा गरी विक्री गर्न पाउने तर नयाँ आवेदन दिन नपाउने सिफारिस गरिएको छ । उपसमितिले सिफारिस गरेपनि यहिँ कार्यान्वयन हुने पक्का भने हुँदैन ।
प्रतिवेदनमाथि अब समितिमा छलफल हुनेछ । छलफलपछि समितिले सम्बन्धित निकायमा कार्यान्वयनका लागि आवश्यक निर्देशनहरु दिनेछ ।
उपसमितिले बोर्डलाई नेप्सेको अनलाइन प्रणालिमा आवद्ध गरी निगरानी र अनुमगन गर्ने व्यवस्था मिलाउन पनि सिफारिस गरेको छ । विद्युतिय विवरण प्रवाह प्रणालीको विकास गरी लागू गर्ने, सूचना प्रविधि नीति लागू गर्न आवश्यक निर्देशका बनाउने लगायतका सुझाव उपसमितिले दिएको छ ।

Comments