- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या लगातार बढ्दै गइरहेको छ । उपत्यकाका ३ जिल्लामा शुक्रबार थप ४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं, भक्तपुर र ललितपुरमा थप ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरे ।
उनका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालाको परीक्षणमा काठमाडौंका १ को रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै, पाटनमा अस्पतालको प्रयोगशालमा भक्तपुरका १, काठमाडौंका १५ र ललितपुरका १३ जनामा संक्रमण पुष्टि भएको छ भने महाराजगञ्जस्थित टिचिङ अस्तालको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका १२ जनामा कोरोना देखिएको उनले बताए । योसँगै शुक्रबार देशभर ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कुल संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।

Comments