# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
अविरल वर्षापछि आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको मौवाखोला पुल भत्काएको छ । बाढीका कारण पुल पूरै भाँचिएको छ । पुल भाँचिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
चितवन र धादिङको सीमामा रहेको मौवा खोलाको पुल भाँचिएसँगै सवारी आवतजावत ठप्प भएको नेपाल प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले बताए । उनका अनुसार काठमाडौं आउजाउ गर्ने गाडीहरू पनि रोकिएका छन् । उक्त पुलबाट मानिसहरूमात्रै आउजाउ गर्ने अवस्था मात्रै रहेको उनले बताए । बाढीले धादिङतर्फको पुलको भाग भत्काएको छ ।
धादिङमा पृथ्वीराजमार्गका आधा दर्जनभन्दा धेरै ठाउँमा पहिरो खसेर सडक पनि अवरुद्ध भएको छ । उता, चितवनमा पनि ठाउँ ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ ।
Featured News

Comments