- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
बागमती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको छ । प्रदेशसभा सचिवालयका अनुसार बिहीबार मध्यरातिदेखि अधिवेशन अन्त्य हुने भएको हो ।
प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन अन्त्य गर्नेबारे प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश प्रमुख विष्णु प्रसाईंले अधिवेशन अन्त्य गरेपछि प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यहरूलाई अधिवेशन अन्त्य भएको जानकारी गराएको छ । प्रदेशसभा सचिव कृष्णहरि खड्काले ८ साउन बिहीबार राति १२ बजेपछि अधिवेशन अन्त्य हुने जानकारी दिए ।
बागमती प्रदेशको वर्षे अधिवेशन १२ जेठबाट सुरु भएको थियो । अधिवेशनले प्रदेशको नीति तथा कार्यक्रम र बजेट पारित गरिसकेको छ ।
बैठकले ९ वटा विधेयक पारित गरेको छ । प्रदेशसभाले प्रदेश प्रहरीसम्बन्धी ऐन तयार गर्दै दुईवटा अध्यादेश पनि पारित गरेको छ ।
प्रदेशसभाले प्रदेश सूचनाको हकसम्बन्धी ऐन, आर्थिक ऐन, अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा र व्यवहार र सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विनियोजन ऐन, प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि ऐन संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।

Comments