# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर अहिलेसम्म कूल कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।
आज देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३८५ रहेको छ । उनीहरूको देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै शनिबार थप १०६ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कुल संक्रमितमध्ये ७०.०६ प्रतिशत निको भएको प्रवक्ता डा. गौतमले बताए ।
Featured News

Comments