# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।
प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो।
प्राधिरकणले शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडरअन्तर्गतका बाग्डोल क्षेत्रमा विद्युत् कटोती हुने जनाएको छ।
प्राधिकरणका अनुसार सानेपा चक्रपथ, खाद्य गोदाम, चाइनिज क्याक्प क्षेत्रलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ। प्राधिकरणले तोकिएको काम समयअगावै सम्पन्न भएको खण्डमा विद्युत् पुनःप्रवाह हुने जनाएको छ।
स्रोत: रासस

Comments