- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं उपत्यकामा १५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिने भएको छ । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकमा१५ दिनसम्म अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्ने सहमती भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अत्यावश्यक बाहेकका सेवा बन्द गर्नेबारे तीनै जिल्लाका अधिकारीहरूबीच सहमति भइसकेको जानकारी दिए ।
उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिमलाई न्यूनीकरण गर्नका लागि शान्ति सुरक्षा अत्यावश्यक सेवा बाहेकका सेवा १५ दिन बन्द गर्ने सहमति गरेको हो ।
पछिल्लो समय काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरूमा संक्रमण बढ्दै गएको छ । संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरूमा बढी देखिन थालेपछि यस्तो सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ ।

Comments