# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सुनको भाउ एकै दिन भारी मूल्यले घटेको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय भएकोमा बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ ।
एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको घटेको पहिलो पटक महासंघलेे जनाएको छ । महासंघले तेजाबी सुनको कारोबार प्रतितोला मूल्य ९४ हजार ९ सय तोकेको छ । चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ ।

Comments