# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मरेको कुखुरा बेचविखनको मुद्दामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बीएण्डबी मिट मार्टलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । विभागबाट खटिएको बजार अनुगमनको टोलीले सोमबार उक्त फर्मले गुणस्तरहीन मासुको बिक्रीवितरण गरेको पाइएपछि कारबाही गरेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) बमोजिम गुणस्तरहीन बस्तु(मरेको कुखुराको मासु) बेचविखन गरेको पाएपछि सोही ऐनको दफा ३८(ङ) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेबापत दफा ३९(१)ख बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।
काठमाडौं नगरपालिका ३१ मा संचालित उक्त फर्मलाई विभागको दैनिक बजार अनुगमनका क्रममा अनुचित व्यवसाय गरेका आधारमा अन द स्पोर्ट कारबाही भएको हो । कारबाहीमा परेको उक्त फर्ममा संचालक बाबुराम अधिकारी रहेका छन् ।
स्रोत: Ratopati

Comments