# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो युट्युबमा राख्ने समूहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार अपलोड गरिएको भिडियो भाइरल भएपछि उनीहरुमाथि कारबाहीको दबाब बढेको थियो ।
महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाका अनुसार भिडियो बनाउने ४ जना पक्राउ परिसकेका अन्य ६ जनाको खोजी तीव्र पारिएको छ ।
पक्राउ पर्नेमा १ युवती र ३ युवा छन् । उनीहरू क्यामरामेन, भिडियोमा आवाज दिने, भिडियो सम्पादन गर्ने लगातयत हुन् ।
पक्राउ परेका चारै जना व्यक्तिमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Featured News

Comments