# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
निर्वाचन आयोगमा नेकपा (एमाले) पार्टी दर्ता भएको छ । सबै प्रक्रिया पुगेपछि नेकपा (एमाले) दलको रुपमा दर्ता भएको आयोगले जनाएको छ ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक चलिरहेका बेला गत असारमा नेकपा (एमाले) दर्ताका लागि आयोगमा निवेदन पुगेपछि त्यसले हलचल मच्चाएको थियो ।
तत्कालीन नेकपा (एमाले) र नेपका (माओवादी केन्द्र) एक भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको हो ।
स्थायी कमिटी बैठक बसिरहेका बेला नेकपा (एमाले) दर्ता गरेकोमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आपत्ति जनाएका थिए ।
पुनः दर्ता भएको नेकपा (एमाले) ले उदाउँदै गरेको सूर्य चुनाव चिन्ह पाएको छ । यसअघि एमालेको चुनाव चिन्ह हाल नेकपाको चुनाव चिन्ह रहेको छ ।
Featured News

Comments