- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप ६३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमणबाट १४६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १८२ महिला र ४५२ गरी ६३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।
आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।
यस्तै उनले कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रकमणबाट सुनसरीमा एक ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्सामा ६१, ५८, ४८ पुरुष, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानमुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको निधन भएको हो।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको छ।

Comments