- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्वास्थ्यकर्मीलाई अबरोध गर्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्ने चेतावनी दिएका छन् ।
स्वास्थ्यकर्मी राखिएको भन्दै बानेश्वरका स्थानीयले त्यहाँको होस्टेल घेराउ गर्दै सञ्चालकलाई धम्की दिएपछि प्रमुख जिल्ला अधिकारी दाहालले यस्तो चेतावनी दिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी दाहालले घेराउ गर्ने र धम्की दिनेको पहिचान भइसकेकाले त्यस्ता व्यक्तिलाई खोजीखोजी संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी दिए । ‘सोच्न पनि नसकिने महापराध गरिएको छ,’ उनले भने , ‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मी भगवान हुन्, त्यस्तालाई रोक्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्छु । मैले सुरक्षाकर्मीलाई पक्राउ गर्न निर्देशन दिइसकेको छु ।’
नेपाल टेलिभिजनसँग कुराकानी गर्दै उनले आवतजावत रोकेर संक्रमण फैलन गरिएको निषेधाज्ञा प्रभावकारी भएकोले सहयोग गर्न नागरिकलाई अपिल गरेका हुन् ।
हेर्नुहोस् भिडियो

Comments