- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि शनिबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो ।
बैठक आगामी १८ भदौ बस्ने गरी बैठक स्थगित भएको हो । सचिवालय सदस्यसमेत रहेका नेताका सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि नेताहरू आइसोलेसनमा रहेका कारण बैठक स्थगित भएको नेकपाले जनाएको छ ।
गत मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीचको छलफलपछि शनिबार सचविालय बैठक बोलाउने सहमति भएको थियो ।
नेकपाको आन्तरिक विवाद समाधान गर्न गत ३० साउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले ६ भदौमा समाधानको सूत्रसहति १७ पेज लामो प्रतिवेदन बुझाएको थियो ।
नेकपाले त्यही प्रतिवेदनमाथि छलफल गर्न शनिबार सचिवालय बैठक बोलाएको थियो । सचिवालय बैठकपछि कार्यदलले बुझाएको प्रतिवेदनबारे स्थायी कमिटीको बैठकमा छलफल गर्ने तयारी थियो ।

Comments