# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यले शनिबार बिहान ९ बजे प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । प्रचण्डले बोलाएको सचिवालयको बैठकको निष्कर्षअनुसार भेटको समय मिलाइएको हो ।
नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी ओलीले ९ बजेका लागि समय उपलब्ध गराएका छन्। पार्टीभित्र चर्किदो विवादले ओली र प्रचण्डको संवाद तिक्ततापूर्ण बनेपछि सचिवालयका सदस्यले सामूहिक भेट गर्न लागेका हुन् ।
प्रचण्ड र ओलीबीच हिजो भएको भेटमा पनि सामूहिक छलफल गर्ने अनौपचारिक सहमति भएको थियो । त्यतिबेला प्रचण्डले पहिला आफूले नेताहरूसँग छलफल गर्ने र त्यसपछि संयुक्त रूपमा आउने बताएका थिए । अनौपचारिक रूपमा सचिवालयका सदस्यवीच छलफलका लागि धुम्बाराहीमा बस्ने जानकारी ओलीलाई पनि गराइएको थियो ।
Featured News

Comments