- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं बत्तिसपुतलीमा रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको २३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।शनिबार सम्पन्न संस्थाको साधारणसभालेे आफ्ना सदस्यहरुलाई १८ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले संस्थाको आर्थिक वर्ष २०७६-७७ को बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । सिटौलाले प्रतिवेदन पेशगर्ने क्रममा आर्थिक वर्ष ०७६-७७ को असार मसान्तसम्ममा कुल निक्षेप २ अर्ब ३६ करोड ८४ लाख ७९ हजार ६ सय ४ रुपैंया रहेको र कर्जा लगानी १ अर्ब ३२ करोड ९१ लाख ४४ हजार ८ सय ८५ रुपैंया पुगेको जानकारी दिए। त्यसैगरी संस्थाको चुक्ता पूँजि ७ करोड ४ लाख ९० हजार ५ सय रुपैंया, जगेडा तथा अन्य कोषहरु १८ करोड २० लाख ८१ हजार १ सय ५५ रुपैंया रहेको र संस्थाको सञ्चालन मुनाफा ३ करोड ९४ लाख ४५ हजार ३ रुपैंया भएको जानकारी गराईएको छ ।
सभामा प्रमुख आतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी संस्था सदस्यहरुको स्वायत्त संस्था भएकोले यसको विकास र नियमनको लागि यसका सदस्यहरुले नै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा संस्थाले १५ बर्ष संस्थामा निरन्तर सेवा गरिरहेका ११ जना कर्मचारीहरुलाई जनहि ७५००१ रुपैयाँ नगद पुरस्कार सहित नवकान्तिपुर दीर्घ सेवापदक २०७७ द्वारा पुरस्कृत गरेको थियो ।
संस्थाले सामाजिक सेवामा पनि बिशिष्ठ योगदान पुर्याउदै आईरहेको छ ।

Comments