# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
बाटो नभएको जग्गा धितो राखेर पनि अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै बाटो नभएको जग्गा धितो राखेर २० लाख रुपैयाँसम्म ऋण लिन पाउने ब्यवस्था गरेको हो ।
बैंकहरुले यसअघि ऋण लगानी गर्दा मोटरबाटो नभएका जग्गाहरु धितो लिन अस्वीकार गर्दै आएका थिए ।
मौद्रिक नीति अन्तर्गत १ करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यावसाय एवम् उद्यम व्यवसायका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्ने समेत ब्यवस्था गरिएको छ ।

Comments