- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको सेवामा तीन सय रुपैयाँ सम्म वृद्धि गर्ने निर्णय गरेको छ। इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन (इस्पान)ले शुल्क वृद्धिको अनुमतिका लागि दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले पोल तथा ओपीजिडब्लु भाडादर सात गुणासम्म बढाएको भन्दै इस्पानले इन्टरनेटको शुल्क बढाउने निर्णय लिएको हो । संस्थाले प्राधिकरणलाई पठाएको पत्रमा सहरी क्षेत्रका प्रत्येक इन्टरनेट प्याकेजमा रु. एक सय ५० र ग्रामिण क्षेत्रमा तीन सयले वृद्धि गर्ने उल्लेख गरिएको छ ।
ग्रामीण क्षेत्रमा प्रति ग्राहक मासिक एकसय ५० र सहरी क्षेत्रमा तीन सय रूपैयाँका दरले इन्टरनेटको मूल्य बढाउन नेपाल दुरसञ्चार प्राधिकरणलाई प्रस्ताव गरेको इन्टरनेट सेवा प्रदायक संघ (इस्पान) का अध्यक्ष सुधीर पराजुलीले बताए।
‘नेपाल विद्युत प्राधिकरणको सूचना पश्चात हामी निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुलाई मूल्यवृद्धि गर्नेबाहेक अरु कुनै पनि विकल्प बाँकी रहेन,’ पत्रमा भनिएको छ ।
प्राधिकरणले अनुमति दिनासाथ नयाँ शुल्क कार्यान्वयनमा आउने बताइएको छ ।

Comments