- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सरकारले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसअनुसार शिक्षा मन्त्रालयले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
आइतबार बसेको सीसीएमसीसीको बैठकले कोरोना संक्रमण बढ्दै गएकाले वार्षिक बिदामा मिलाउन हुने गरी १५ माघसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सोहीअनुसार माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
उनका अनुसार सबै आधारभूत र माध्यामिक विद्यालय बन्द गर्न मन्त्रालयले आजै सूचना जारी गरिनेछ। उनले बिदाको अवधिमा पनि सिकाइ सहजीकरण निर्देशिका–२०७७ अनुसार विद्यालयहरूले अनलाइन माध्यमबाट पठनपाठन जारी राख्नुपर्ने बताए ।
विद्यालय बन्द भएका बेलामा सबै विद्यालयहरूले १२ वर्षदेखि १७ वर्ष उमेर समुहका विद्यार्थीहरूलाई खोपको प्रवन्ध गरिने र विश्वविद्यालयका परीक्षा भने सञ्चालन हुने उनले बताए ।

Comments