Loading...
Logo
Image

काठमाडौं उपत्यकामा सभा समारोह गर्न नपाइने, तीन वटै जिल्ला प्रशासनबाट जारी भयो आदेश

काठमाडौं उपत्यकाका तीन जिल्लामा सभा समारोह तथा राजनीतिक भेला गर्न रोक लगाएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला  प्रशासन कार्यालयले सभा समारोह तथा राजनीतिक भेला महोत्सवमा रोक लगाउने निर्णय गरेको हो ।

काठमाडौं, ललितपुर  र भक्तपुरका जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा  कोरोना संक्रमण बढेको भन्दै २५ जनाभन्दा बढी उपस्थित भएर भेला गर्न पनि रोक लगाएको र मापदण्ड पालना नगरेमा कारबाही गर्ने चेतावनी दिइएको छ ।

आज मध्यरातदेखि लागू हुने गरी अर्को आदेश नआएसम्म लागु हुने यस्तो निर्णयमा सभा सम्मेलन गर्नैपरे प्रशासनको अनुमति लिनुपर्ने उल्लेख गरिएको छ ।

 

Comments