# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
दुधको मूल्य प्रतिलिटर १० रुपैयाँले बृद्धि हुने भएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । योसँगै अब दुधको मूल्य प्रतिलिटर ७६ रुपैयाँबाट बढेर ८६ रुपैयाँ हुने भएको हो ।
राष्ट्रिय दुग्ध विकास बोर्डका प्रवक्ता डा. बालक चौधरीका अनुसार दुधको मूल्य बृद्धिका लागि प्रतिलिटर १० रुपैयाँ बढाउने गरि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । उनका अनुसार बोर्डले सिफारिस गरेको मूल्यमा मन्त्रालयले छलफलग गरेर नयाँ दूधको मूल्य निर्धारण गरिने छ ।
दुधको मूल्य बृद्धिसंगै दुधजन्य पदार्थको पनि मूल्य बृद्धि हुने भएकोले उपभोक्ताहरु अझै महंगीको मारमा पर्ने भएका छन् ।

Comments