Loading...
Logo
Image

एनसीसी बैंकले ८.४२ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्यो

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको सञ्चालक समितिले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पुष २९ गते सम्पन्न बैंकको २४औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

बैंकको सो साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्यका लागि प्रधान एण्ड शाक्य एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्‌सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा ११० अर्ब ८० करोड निक्षेप परिचालन गरी रू. ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको छ । साथै, उक्त आर्थिक वर्षमा कर तथा बोनसपछि १ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको छ ।

Comments