Loading...
Logo
Image

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन

पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि १५ जनाले आवेदन दिएका छन् ।

दोस्रो पटक आवेदन माग गर्दा अध्यक्षका लागि १५ जनाले निवेदन बुझाएका हुन् । कात्तिक ११ मा खुलेको आवेदन रद्द गरेर पुष १५ मा खुलाइएको आवेदनमा १५ जनाले अध्यक्ष पदका लागि आवेदन दिएको अर्थमन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार आवेदन दिनेमा अधिकांश पुरानै आवेदक छन् । जसमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उपकार्यकारी निर्देशक नवराज अधिकारी, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाई र अनिल पौडेल, डा.केशवप्रसाद श्रेष्ठ, जीवन अमगाईं, मुक्ति अर्याल, कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल, रमेश हमाल, हेमन्त बस्याल र अम्बिका शर्मा लामिछाने र रमेश अधिकारीले आवेदन परेको दिएका हुन् ।

Comments