Loading...
Logo
Image

प्रतिनिधिसभा बैठक माघ १६ सम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक कोरोनाको संक्रमण बढेको भन्दै स्थगित गरिएको हो ।

संघीय संसदका महासचिव भरतराज गौतमले एक सूचना प्रकाशित गरी माघ १६ गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन् । कोभिड संक्रमणका कारण माघ ३ गते बस्ने भनिएको बैठक उक्त मितिमा बस्न नसक्ने भएकाले समय परिवर्तन गरिएको जनाइएको छ ।

Comments