Loading...
Logo
Image

माघ मसान्तसम्म सभा तथा जुलुस गर्न नपाईने, १५ गतेसम्म सिनेमा र जिम हल पनि बन्द

सरकारले सबै प्रकारका भेला, जुलुस तथा आमसभा गर्न रोक लगाएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै माघ मसान्तसम्म भेला, जुलुस तथा आमसभा गर्न रोक लगाएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकको निर्णयबारे जानकारी दिँदै गोष्ठी, सेमिनार, बैठक, समीक्षा जस्ता क्रियाकलाप गर्दा भर्चुअल माध्यमबाट गर्नुपर्ने बताएका हुन । भौतिक रूपमा उपस्थित गर्नुपर्ने भएमा पनि जनस्वास्थ्यका मापदण्ड पालनासहित एन्टिजेन परीक्षण गरी निगेटिभ रिपोर्ट आएका बढीमा २५ जना मात्र सहभागी हुने गरी गर्न दिइने निर्णय भएको कार्कीले जानकारी दिए । 

त्यस्तै कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय पनि गरेको छ । सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको पनि मन्त्रिपरिषद्ले गरेको छ ।

Comments