- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सरकारले सबै प्रकारका भेला, जुलुस तथा आमसभा गर्न रोक लगाएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै माघ मसान्तसम्म भेला, जुलुस तथा आमसभा गर्न रोक लगाएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकको निर्णयबारे जानकारी दिँदै गोष्ठी, सेमिनार, बैठक, समीक्षा जस्ता क्रियाकलाप गर्दा भर्चुअल माध्यमबाट गर्नुपर्ने बताएका हुन । भौतिक रूपमा उपस्थित गर्नुपर्ने भएमा पनि जनस्वास्थ्यका मापदण्ड पालनासहित एन्टिजेन परीक्षण गरी निगेटिभ रिपोर्ट आएका बढीमा २५ जना मात्र सहभागी हुने गरी गर्न दिइने निर्णय भएको कार्कीले जानकारी दिए ।
त्यस्तै कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय पनि गरेको छ । सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिएको पनि मन्त्रिपरिषद्ले गरेको छ ।

Comments