Loading...
Logo
Image

सत्ता गठबन्धनका दलहरु बीच बैशाखमै स्थानीय तहको निर्वाचन गराउने सहमति

सत्तारुढ गठबन्धनबीच स्थानीय तहको निर्वाचन २०७९ सालको वैशाखमै गर्ने सहमति भएको छ । आज बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो सहमति गरेको हो । तर यस विषयमा थप गृहकार्य अर्को बैठक बस्ने नेताहरूले बताएका छन् ।

स्थानीय निर्वाचन समयमै गरेर संवैधानिक संकट आउन नदिन गठबन्धनमा आवद्ध दलको साझा धारणा बनेको तर समय के लाई मान्ने भन्ने विषयमा कानुनी जटिलता रहेकाले सरकारले कानुनी परामर्शमा गर्ने बताइएको छ ।

यस विषयमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने र बिहीबार नै मन्त्रिपरिषद्को नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने बताइएको छ ।

Comments