Loading...
Logo
Image

राष्ट्रियसभा निर्वाचनमा एमाले र लोसपा बिच गठबन्धन गर्ने सहमति

राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले र लोकतान्धिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन गर्ने सहमति भएको छ । यही माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशमा विपक्षी दलबाट नेकपा एमाले र लोसपाबीच गठबन्धन गर्ने सहमति भएको हो ।

बिहीबार नेकपा एमाले र लोसपाले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन गरिएको जानकारी दिएको हो। 

यी दुई दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ। 

दुई पार्टीबीच भएको सहमतिअनुसार अन्यतर्फ नेकपा एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोसपाकी उम्मेदवार रुपाकुमारी यादवलाई दुवै पार्टीले एकअर्कालाई मतदानमा सघाउनेछन् ।

बिहीबार भएको सहमति पत्रमा एमालेका मधेश प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका छन्।

Comments