- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले र लोकतान्धिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन गर्ने सहमति भएको छ । यही माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशमा विपक्षी दलबाट नेकपा एमाले र लोसपाबीच गठबन्धन गर्ने सहमति भएको हो ।
बिहीबार नेकपा एमाले र लोसपाले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन गरिएको जानकारी दिएको हो।
यी दुई दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ।
दुई पार्टीबीच भएको सहमतिअनुसार अन्यतर्फ नेकपा एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोसपाकी उम्मेदवार रुपाकुमारी यादवलाई दुवै पार्टीले एकअर्कालाई मतदानमा सघाउनेछन् ।
बिहीबार भएको सहमति पत्रमा एमालेका मधेश प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका छन्।

Comments