# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले जोर बिजोर प्रणाली लागू गर्न लागिएको हो ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले माघ ७ गते शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
यो निर्णय अनुसार निजी तथा सार्वजनिक सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र सञ्चालन गर्न पाइने छ। स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अन्य अनिवार्य आवश्यकताका सवारीलाई जोर बिजोर लागू हुने छैन ।
Featured News

Comments