Loading...
Logo
Image

शुक्रबार रातीदेखि काठमाडौ उपत्यकामा जोर बिजोर प्रणाली लागू हुने

 काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि सवारी साधनमा  जोरबिजोर प्रणाली लागू हुने भएको छ । कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले जोर बिजोर प्रणाली लागू गर्न लागिएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले माघ ७ गते शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

यो निर्णय अनुसार निजी तथा सार्वजनिक सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र सञ्चालन गर्न पाइने छ। स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अन्य अनिवार्य आवश्यकताका सवारीलाई जोर बिजोर लागू हुने छैन । 

Comments