- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाल प्रहरीले नेपालमा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । महानगरिय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले बिहीबार काठमाडौंको मिनभवनबाट उनीहरूलाई पक्राउ गरेको हो ।
नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोवारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा राजन भट्टराई, विशाल श्रेष्ठ र दीपेराज श्रेष्ठ रहेका छन् । क्रिप्टोकरेन्सी तथा बिटक्वाइनबाट वित्तीय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा महाशाखाले उनीहरूमाथि निगरानी राख्न विषेश टोली परिचालन गरेको थियो ।
पक्राउ परेका मध्ये भट्टराईले हालसम्म ९७५ जना व्यक्तिसँग एक हजार ९२६ पटक कारोबार गरेको भेटिएको छ भने एक महिनामै १६ लाख बराबरको कारोबार देखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
नेपालमा क्रिप्टोकरेन्सीको कारोबार कानुन विपरीत कार्य भएकोले यस्तो कार्य नगर्न, नगराउन अनुरोध गरेको छ ।

Comments