Loading...
Logo
Image

चुनाव बारे छलफल गर्न बालुवाटारमा सर्बदलीय बैठक, एमाले सहभागी नहुने

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरि सर्बदलीय बैठक बोलाइएको हो ।

बैठक अहिले ९ बजे बालुवाटारमा बस्दैछ । शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने नजाने भएको छ ।

संसद्मा जारी अवरोध र निर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । संसद अवरोधका विषयमा यसअघि पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए । यस अघि बोलाइएका सर्बदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन ।

Comments