# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरि सर्बदलीय बैठक बोलाइएको हो ।
बैठक अहिले ९ बजे बालुवाटारमा बस्दैछ । शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने नजाने भएको छ ।
संसद्मा जारी अवरोध र निर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ । संसद अवरोधका विषयमा यसअघि पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए । यस अघि बोलाइएका सर्बदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन ।
Featured News

Comments