# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठक नबस्ने भएको छ । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भनिएको सर्वदलीय बैठक नबस्ने भएको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री नेन्द्रबहादुर कार्कीले भने आज सर्वदलीय बैठक नै नबोलाएको बताएका छन् ।
शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो ।
प्रधानमन्त्रीले पाँच दलीय गठबन्धनबीच छलफल गरिरहेको प्रवक्ता कार्कीको भनाइ छ । संसद खुलाउने र आगामी स्थानीय तहको चुनावलगायतका विषयमा छलफलपछि सर्वदलीय बैठक बोलाउन सकिने उनले बताए ।
सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएपछि बैठक नबसेको हुनसक्ने बुझिएको छ । आज बालुवाटारमा बस्ने भनिको बैठकमा एमालेले आफ्नो पार्टी सहभागी नहुने बताएको थियो ।
Featured News

Comments