Loading...
Logo
Image

आज सर्वदलीय बैठक बसेन, बैठक नै नबोलाइएको सरकारका प्रवक्ताको भनाई

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठक नबस्ने भएको छ । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भनिएको सर्वदलीय बैठक नबस्ने भएको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री नेन्द्रबहादुर कार्कीले भने आज सर्वदलीय बैठक नै नबोलाएको  बताएका छन् ।

शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो ।

प्रधानमन्त्रीले पाँच दलीय गठबन्धनबीच छलफल गरिरहेको प्रवक्ता कार्कीको भनाइ छ । संसद खुलाउने र आगामी स्थानीय तहको चुनावलगायतका विषयमा छलफलपछि सर्वदलीय बैठक बोलाउन सकिने उनले बताए ।

सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएपछि बैठक नबसेको हुनसक्ने बुझिएको छ । आज बालुवाटारमा बस्ने भनिको बैठकमा एमालेले आफ्नो पार्टी सहभागी नहुने बताएको थियो ।

Comments