Loading...
Logo
Image

गठबन्धनले स्थानीय चुनाव सार्ने बहाना खोजेको एमालेको आरोप

सत्ता गठबन्धनले स्थानीय निर्वाचनलाई धकेल्न बहाना खोजेको आरोप नेकपा एमालेले लगाएको छ ।

 
अध्यक्ष केपी शर्मा ओलीले आइतबार विज्ञप्ति जारी गरी स्थानीय तहको निर्वाचनलाई धकेल्ने र मुलुकमा राजनीतिक अन्योल सिर्जना गर्ने गलत नियतले गठबन्धनले वैशाखमा प्रतिनिधिसभा निर्वाचन गर्ने भ्रम सिर्जना गरेको आरोप लगाएका हुन् ।
 
विज्ञप्ति जारी गर्दै ओलीले स्थानीय तहको निर्वाचन सम्बन्धमा कुनै पनि अलमल, धोखा र बहानाबाजी स्वीकार्य नहुने जनाएका छन् ।
जुनसुकै बेला निर्वाचन भए पनि सामना गर्न तयार रहेको बताउँदै ओलीले भनेका छन्, ‘हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन ।’

वैशाखमा प्रतिनिधिसभा निर्वाचन गर्ने प्रस्ताव कुनै असल मनाशायले नआएको बताउदै बिज्ञप्तिमा भनिएको छ, 'यो प्रस्ताव कुनै असल मनशायले होइन, स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्योल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको हो भन्नेमा एमाले स्पष्ट छ' ।

Comments