- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सत्ता गठबन्धनका नेताहरुको बैठकले संविधानसँग बाझिएका कानून संशोधन गरेर असोज पछि मात्रै स्थानीय निर्वाचन गर्ने सहमति गरेका छन् ।
आज बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुले आफूनिकट कानुनविदहरुसंग छलफल गरेको थियो । छलफलमा व्यवसायीहरुले संविधानसँग बाँझिएका निर्वाचनसम्बन्धी कानून संशोधन गर्न सुझाव दिएका थिए ।
सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानुनविद्हरूको सल्लाहअनुसार सरकार अघि बढ्ने बताएका छन् । स्थानीय तहको निर्वाचन ऐन को दफा ३ र संविधानको धारा २ सय २५ बाझिएको देखिएकाले संविधानको धारा १ अनुसार संविधानसँग बाझिएका ऐन वा कानुन अमान्य हुने सुझाव आएकोले सोहीअनुसार अघिबढ्ने कार्कीले बताए ।
संविधानसँग बाझिएका कानुनमा सुधार गरेर स्थानीय तहका तीन चरणको चुनावबाट गठित पालिकाहरुको कार्यकाल पूरा हुनासाथ संविधान बमोजिम नयाँ चुनाव गराउने गठबन्धनमा सर्वसम्मत सहमति भएको बताइएको छ ।
आज बालुवाटारमा कानुनविदसंगको छलफलमा सहभागी पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले आफूहरूले सरकारलाई ऐन संशोधन गरेर अघि बढ्न सुझाव दिएको बताएका छन् । संविधानको धारा २ सय २५ ले गाउँसभा र नगरसभाको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनेकाले त्यहीअनुसार निर्वाचन ऐनको दफा ३ लाई संशोधन गर्न सुझाब दिएको श्रेष्ठले बताए ।

Comments