Loading...
Logo
Image

तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको ताकेता

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन तत्काल तोक्न सरकारलाई ताकेता गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम स्थानीय तहको निर्वाचन तोक्न सरकारलाई आग्रह गरेको हो ।

आयोगले गत कात्तिक ८ गते प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेर स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने भए आगामी वैशाख १४ गते र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव दिएको थियो ।

निर्वाचनको मिति तोक्न ढिलाइ गर्दा कठिनाइ झन बढ्दै जाने भन्दै आयोगले आयोगको परामर्शमा यथाशीघ्र मिति तोक्न आग्रह गरेको हो ।

स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइएको भन्दै आयोगले स्थानीय तहका जनप्रतिनिधिको अवधि ५ जेठमा सकिने भएकाले त्यसअघि नै चुनाव गर्नुपर्ने बताएको छ ।

 

Comments