- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन तत्काल तोक्न सरकारलाई ताकेता गरेको छ ।
आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम स्थानीय तहको निर्वाचन तोक्न सरकारलाई आग्रह गरेको हो ।
आयोगले गत कात्तिक ८ गते प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेर स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने भए आगामी वैशाख १४ गते र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव दिएको थियो ।
निर्वाचनको मिति तोक्न ढिलाइ गर्दा कठिनाइ झन बढ्दै जाने भन्दै आयोगले आयोगको परामर्शमा यथाशीघ्र मिति तोक्न आग्रह गरेको हो ।
स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइएको भन्दै आयोगले स्थानीय तहका जनप्रतिनिधिको अवधि ५ जेठमा सकिने भएकाले त्यसअघि नै चुनाव गर्नुपर्ने बताएको छ ।

Comments