Loading...
Logo
Image

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो

 केन्द्रीय तथ्यांक विभागले नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार जनगणना २०७८को संक्षिप्त विवरण सार्वजनिक गरेको हो । 

विभागले सार्वजनिक गरेको विवरणमा महिलाको संख्या पुरुषको भन्दा ७ लाख बढी छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छन् ।

घिल्लोपटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।

Comments