- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
बिगत चार दिनदेखि लगातार घटिरहेको सुनको मूल्य आइतबार पनि प्रति तोला चारसय रुपैयाँले घटेको छ । गत बुधबारदेखि ओरालो लागेको सुनको मूल्य आजपनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबारदेखि आइतबारसम्म सुनको मूल्य प्रतितोला दुइ हजार दुई सय रुपैयाँले घटिसकेको छ । गत बुधबार सुनको मूल्य प्रतितोला ९४ हजार ४सय थियो । शुक्रबारको तुलनामा सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

Comments