- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली आजदेखि हटाइएको छ । साथै बिद्यालयमा फागुन १ गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन शुरु हुने भएको छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीका साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनमा माघ ७ गतेदेखि लागू गरिएको जोर बिजोर प्रणाली माघ १४ गते देखि ट्याक्सी र निजी सवारीमा कायम रहनेगरि सार्वजनिक सवारी साधनमा जोर बिजोर हटाइएको थियो । कोरोना संक्रमणको दर घट्दै गएपछि सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली सहित अन्य क्षेत्रमा लगाइएको प्रतिबन्ध पनि क्रमशः खुकुलो बनाउदै लगिएको छ ।
निर्णय अनुसार फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक संस्थाहरु भौतिक उपस्थित मै सञ्चालन गर्न सकिने भएको छ। योसँगै प्रशासनले फागुन १ गतेदेखि लागुहुनेगरी नाइट क्लबहरू पनि सञ्चालन गर्न अनुमति दिएको छ।
तर सबै प्रकारका आमसभा, जुलुस, भेला, सभासम्मेलन, जात्रा लगायत भिडभाड हुने कार्यहरू नगर्न प्रशासनले आदेश दिएको छ।

Comments