- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सरकारले स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्कोआज बसेको बैठकले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने निर्णय गरेको हो ।
स्थानीय निर्वाचन ऐनको दफा ३ अनुसार पदाधिकारीको समयावधि सकिनु दुई महिनाअघि निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार सरकारले वैशाख अन्तिममै निर्वाचन गर्ने निर्णय गरेको हो ।
सरकारको निर्णय अनुसार अब ७५३ वटै स्थानीय तहको निर्वाचन एकैपटक हुनेछ । यसअघि २०७४ सालमा वैशाख ३१, असार १४ र असोज २ गतेगरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।
यसअघि सत्ता गठबन्धनका नेताहरुको बैठकले २०७९ साल जेठ मसान्तभित्र निर्वाचन गर्न प्रस्ताव गर्ने निर्णय गरेको थियो भने निर्वाचन आयोगले जेठ ४ को मिति प्रस्ताव गरेको थियो । जेठ ४ गते चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार सोमबार सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग नयाँ मितिबारे परामर्श गरेको थियो ।

Comments