# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौंको दरबारमार्गमा रहेको होटल याक एण्ड यती बन्द गर्न पर्यटन विभागले निर्देशन दिएको छ । होटलसंगै त्यसमा रहेको क्यासिनो पनि सञ्चालन नगर्न विभागले निर्देशन दिएको छ ।
२०४८ मा याक एण्ड यति होटललाई क्यासिनो सञ्चालनको लाइसेन्स दिइएको थियो । मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट क्यासिनो लाइसेन्स रद्द गर्ने, होटलको फाइभ स्टार वर्गीकरण खारेज गर्ने निर्णय गरेको पर्यटन विभागले जनाएको छ ।
होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाा ४२ पैसा बुझाउन बाँकी रहेको रकम नबुझाएको भन्दै पर्यटन विभागले होटल र क्यासिनो बन्द गर्न निर्देशन दिएको हो । पटक-पटक सूचना र पत्रमार्फत ताकेता गर्दा पनि रोयल्टी नतिरेको भन्दै मन्त्रीस्तरीय निर्णयमार्फत होटललाई कारवाही गरिएको हो ।
सो होटलको अचल सम्पत्ति रोक्का राख्ने, विभिन्न बैंक तथा वित्तीय संस्थाको खाता रोक्ना गर्ने निर्णयसमेत भएको छ ।

Comments