Loading...
Logo
Image

मंसिर २ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आयोगको सिफारिस

निर्वाचन आयोगले आगामी मंसिर २  गते शुक्रबार प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपिलियासहितको पदाधिकारी टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २गते निर्वाचन गर्न सिफारिस गरेको हो । 

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार आज आयोगको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एकै चरणमा मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न मिति सिफारिस गरेको हो । उनका अनुसार प्रधानमन्त्री देउवाले मंसिर २ कै सेरोफेरोमा रहने गरी उपयुक्त समयमा उपयुक्त मिति घोषणा गर्ने जवाफ दिए।

आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था छ । निर्वाचन गराउन आयोगलाई तयारीका लागि १२० दिन आवश्यक पर्नेछ । 

Comments