Loading...
Logo
Image

ईट्टाभट्टामा जिउदै मान्छे जलाउने आलम काँग्रेसको उमेदवार सिफारिस

इँटाभट्टामा जिउँदै व्यक्तिलाई जलाएर हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता अफताब आलमलाई नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि रौतहटबाट सर्वसम्मत सिफारिस गरेको छ ।

रौतहटको क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमितिले बिहीबार प्रतिनिधिसभा चुनावका लागि आलमको एकल नाम सिफारिस गरेको हो । क्षेत्रीय सभापति शेख फैजुल्लाहका अनुसार आलमको मात्र नाम आएकाले उनको नाम मात्रै सिफारिस गरिएको हो । अब यो नाम क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा पठाउनेछ ।

आलममाथि जिउँदै मानिसलाई इँटाभट्टामा हालेको अभियोग छ । सोही अभियोगका कारण अहिले उनी पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।

Comments