Loading...
Logo
Image

तोसिमा कार्कीको उम्मेदवारी कायम रहने सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ललितपुर ३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबार कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएपछि उनको उम्मेदवारी कायम भएको हो ।

यसअघि सर्वोच्च अदालतको एकल इजलाशले नै उनको उम्मेदवारी कायम राख्ने अल्पकालीन आदेश दिएको थियो । त्यसैलाई निरन्तरता दिदैँ आज संयक्त इजलाशले उम्मेदवारी कायम गर्ने आदेशलाई निरन्तरता दिएको हो । उक्त अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले सर्वोच्च अदालतमा भ्याकेट दिएका थिए । सो निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश खतिवडा र श्रेष्ठको इजलासले पनि तोसिमा लाभको पदमा रहेको मान्न नमिल्ने ठहर गरेको हो ।

Comments